१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : नेपाल पुलिस क्लव भर्सेस युनाइटेड क्वल दार्जिलिङ ।
२०७५ फाल्गुण २८ मंगलबार १९:२५:००
Read Time : > 1 मिनेट
खेलकुद

नेपाल पुलिस क्लब माइभ्याली गोल्डकपको अन्तिम चारमा

Read Time : > 1 मिनेट
२०७५ फाल्गुण २८ मंगलबार १९:२५:००

नेपाल पुलिस क्लवले इलाममा जारी माइभ्याली गोल्डकको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । भारतको युनाइटेड क्लव दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले सेमिफाइनको यात्रा तय गरेको हो । 

पुलिसले खेलको पहिलो हाफमानै एक गोलको अग्रता लिएको थियो । दार्जिलिङका गोल रक्षक विनोद क्षेत्रीले पुलिसका भरत साहलाई डिबक्स एरिया बाहिर फाउल गरेपछि पुलिसले फ्रि किकको मौका पायो । खेलको साताैं मिनेटमा पाएको फ्रि किकलाई सौजन्य याख्याले बार क्रस गर्दै जाली चुमाए । याख्याको गोलसँगै पुलिसले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । 
    खेल अवधिभर दार्जिलिङको दवाबमा परेको पुलिसले ८१ आंै मिनेटमा अग्रता दोब्बर बनायो । ३० याडभन्दा टाढाबाट भरत साहले प्रहार गरेको फ्रि किक दार्जिलिङका गोल रक्षक विनोद क्षेत्रीको पञ्जाबाट फुत्किएर गोल लाइन क्रस गरेपछि पुलिसको खातामा अर्को एक गोल थपियो । खेलको ८५ औं मिनेटमा युनाइटेड क्लवका करण राईले युनाइटेड क्लव दार्जिलिङको लागि एक गोल फर्काए । दिप्सन राई को क्रस पासमा करण राईले गोल गरेका थिए । खेल अवधिभर पुलिसलाई दवाबमा राखेको युनाइटेडले आधा दर्जन भन्दा बढी मौका खेर फालेको थियो । दार्जिलिङका सोनम लेप्चाले पेनाल्टी क्षेत्रमा निकालेको सुन्दर अवसरलाई करण राईले खेर फाले । गोल रक्षक विरुद्ध वन भर्सेस वनको अवस्थामा दिप्सन राई गोल गर्नबाट चुके । पुलिसका सन्तोष हेमरुनले दार्जिलिङको गोल पोष्टमा गरेको सशक्त प्रहार बारमा लागेर फर्किएको थियो । 

पहिलो क्वार्टर फाइनल खेलको म्यान अफ दि म्याच पुलिसका सौजन्य याख्या घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दार्जिलिङ आयोजक माइभ्याली फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो भने नेपाल पुलिस क्वल बाइ पाएर क्वार्टर फाइनल खेलेको हो । बुधबार हिमालयन शेर्पा क्वल र थ्रिस्टार ललितपु बीच खेल हुने छ ।