Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २९ मंगलबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्रामीण र सहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउन आवश्यक : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २९ मंगलबार १५:२८:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा मन्त्री कार्कीले यस्तो बताएका हुन्।

उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको उल्लेख गरे। आजको युग सूचना र सञ्चारको युग भएको भन्दै उनले यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई प्रभाव पारिरहेको बताए।

‘आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गर्नुका साथै हाम्रो बाच्ने तरिकालाई असर गरिरहेको छ । सूचना र सञ्चार प्रविधिको बढ्दो उपस्थितिका कारण अन्तरिक्ष र सहरी ठाउँहरूबारे हाम्रो सोचाइले चुनौती दिइरहेको अवस्था छ। किनभने आइसिटीमा हाम्रो दिमागलाई असर पार्ने आविष्कारहरू धेरै भइरहेका छन्। समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र सहरी क्षेत्रबीच विकासलाई दिगो बनाउन र सबै नागरिक जीवनस्तर उकास्न मानवीय र प्राविधिक दुवै सञ्जालको जडान गर्न आवश्यक छ,’ उनले भने।

मन्त्री कार्कीले अनेकौँ सपनाका कारण बस्तीहरू रित्तिँदै गएको र सहरमा बस्ने आकांक्षाले सहरलाई अव्यवस्थित बनाएको बताए । सहरीकरणका कारण अहिले भएको विकास एकांकी हुन सक्ने भन्दै उनले गाउँका मानिसलाई गाउँमै बस्ने गरी नीति तर्जुमा गर्नुपर्ने औँल्याए।