मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत २७ आइतबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेः लिङ्देन

Read Time : < 1 मिनेट
२०७८ चैत २७ आइतबार १७:५१:००

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिस्टहरूले राजपरिवारबारे गलत प्रचार गरेको आरोप लगाएका छन् । हेटौँडामा आइतबार आयोजित भेलालाई सम्बोधन गर्दै लिङ्देनले राजपरिवारबारे कम्युनिस्ट नेताहरूले दुष्प्रचार गरेर आफूलाई महान देखाउन खोजेको बताएका हुन् ।

‘कम्युनिस्ट नेताहरूले राजा, राजपरिवारबारे दुष्प्रचार गरेका थिए, राजाले स्विजरल्यान्डको बैंकमा अर्बौं रकम र सुन लगेर राखेका छन् । त्यो नेपाल ल्याउन सकियो भने, प्रत्येक नेपालीको चार बिघा जग्गा र सुन किन्न सक्छन् ।’ उनले भने, ‘आज राजाको शासन नभएको १५ वर्ष बितिसकेको छ, स्विटजरल्यान्डको बैंकमा कति रकम रैछ राजाको, खुलासा हुन सकेको छ ?’

१५ वर्ष कांग्रेस र कम्युनिस्टले देशमा राज्य सञ्चलन गर्दा गणतन्त्र घोषणा गर्नेबाहेक कुनै विकास निर्माणको काम गर्न नसकेको लिङ्देनले दाबी गरे । उनले बाटो गल्ती भयो भन्ने थाहा पाएपछि सच्याउनुपर्ने बताए ।

विकासको मेरुदण्ड शिक्षा भएकोले शिक्षाको अग्रगामी विकासका लागि राप्रपाको मुख्य एजेन्डा रहने उनले बताए ।