१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ फाल्गुण २८ मंगलबार १४:२८:००
Read Time : < 1 मिनेट
विश्व

पश्चिम अफगानिस्तानमा भिडन्त, एघार सुरक्षा अधिकारीको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७५ फाल्गुण २८ मंगलबार १४:२८:००

अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच सोमबार राति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । आक्रमणमा अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ । 

प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौ‌ सङ्ख्यामा सशस्त्र तालिबान लडाकूले बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिएका छन्। 

झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएको र घाइते भएका फिरोजले दाबी गरे । सो स्थान अफगानिस्तानको राजधानी काबुलबाट पाँच सय ५५ किलोमिटर टाढा पर्छ । 

गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए ।