मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार १३:०९:००
Read Time : < 1 मिनेट
विश्व

चुनावका लागि बालाकोट हमला : फारुक अब्दुल्ला

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार १३:०९:००

नेशनल कन्फ्रेन्स (नेका) अध्यक्ष फारुक अब्दुल्लाले भाजपा र मोदी सरकारप्रति आरोप लगाउँदै लोकसभा चुनाव जित्ने एकमात्र उद्देश्यसाथ पाकिस्तानको बालाकोटमा हवाई हमलाको आदेश दिएको बताएका छन् । 

‘भाजपा सबै मोर्चामा असफल रहेकाले चुनावभन्दा अघि पाकिस्तानसँग लडाई वा टकराव भएमा प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एउटा यस्तो अवतारमा आउन सकुन् कि जसको बिना भारतको गुजारा नै नचलोस् भन्ने चाहनाअनुरुप आक्रमण गरिएको हो,’ ।

श्रीनगरमा बोल्दै सांसद फारुक अब्दुल्लाले भने, ‘यो सर्जिकल स्ट्राइक सबै हिसाबले चुनावी रणनीतिअनुरुप गरिएको हो । हामीले करोडौं रुपैयाको विमान गुमायौँ । धन्य छ कि, भारतीय वायुसेनाका पायलट जिवितै रहे र सम्मानसाथ पाकिस्तानबाट फर्किए ।’ 

चुनावमा भाजपालाई सहयोग गर्नका लागि डरको स्थिति बनाइरहिएको उनले बताए । उनले कश्मिर मुद्दामा पाकिस्तानसँग संवादको विकल्प नरहेको बताए ।