मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २५ शुक्रबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उपकार लघुवित्तको आइपिओ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २५ शुक्रबार ११:५९:००

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार दुई सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा जारी पुँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार दुई सय ८१ कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् ११ हजार आठ सय १३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।

सर्वसाधारणले यही चैत २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी वैशाख ९ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्रा एनपी बिबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रासस