मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २४ बिहीबार ०७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनाङे भन्छन्- ‘यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, ठूलो–ठूलो मान्छेलाई पिट्ने गरेको छु’

Read Time : < 1 मिनेट
२०७८ चैत २४ बिहीबार ०७:४५:००

कर्मचारी कुटेपछि पनि दम्भ उस्तै

हाम्रो मन्त्रालयमा युवा उद्यमीलाई एक लाखदेखि पाँच लाखसम्म दिने युवा स्वरोजगार र युवा उद्यमी भन्ने कार्यक्रम छन् । मन्त्री र सचिवले कार्यविधिको ड्राफ्ट बनाउने र कार्यान्वयन पक्ष हेर्ने हो । तर, कार्यविधि टाइप गर्दा सूचना अधिकारी प्रकाश ओझाले किर्ते गरी अर्कै बनाइदिएछ । हामीले त्यसमै हस्ताक्षर गरेछौँ, थाहै भएन । पछि आएर मात्रै थाहा भयो, आर्थिक लाभ लिएर केही मान्छेको स्वार्थमा काम गरेको रहेछ ।

उनीहरूलाई कार्यविधि लिकेज गरेको रहेछ । जब कि कार्यविधिबारे हालका सचिवलाई थाहै छैन । यस्तो अवस्थामा जुन मान्छेले पाउनुपर्ने हो उसले नपाएर, नपाउनुपर्ने व्यक्तिले पैसा पाउने गरेका रहेछन् । रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हुँ, कुटेको होइन ।

यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो–ठूलो मान्छेलाई नै पिट्ने गरेको छु । पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ । कार्यविधि भनेको धेरै गोप्य हुन्छ, मन्त्री र सचिव मिलेर बनाउने हो । कार्यविधि तयार गर्दाका सचिव हाल सरुवा भएर अर्कै प्रदेशमा गइसकेका छन् ।

कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ । 

यो पनि पढ्नुहोस् : मन्त्रीको गरिमा धूलिसात : सांसद र मन्त्री बन्दासमेत ‘गुन्डा नाइके’ पृष्ठभूमिका मनाङेको आचरण सुध्रिएन