मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २२ मंगलबार १९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी सबैको उद्देश्य देशलाई समृद्ध गराउनु हो : सञ्चारमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २२ मंगलबार १९:०५:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक एकतालाई मजबुत गर्दै मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्कीले विविध जातजाति, भेषभूषा, रहनसहन नेपालको कमजोर पक्ष नभ शक्ति भएको बताए । 

उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए । कार्कीले सबैले आ–आफ्नो कर्तव्यलाई बुझेर अघि बढे देश विकासको अभियानमा सहयोग पुग्ने बताए । 

उनले भने, ‘मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै, आन्तरिक एकतालाई अझ मजबुत गर्दै अघि बढ्नुपर्ने आजको हाम्रो आवश्यकता हो । विविध जातजाति, भेषभूषा, रहनसहन नेपालको कमजोरी होइन, सबलता हो । यो नेपालको सबैभन्दा ठूलो बल हो । जातीय भेदभाव, बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु हामी सबैको दायित्व हो । हामी फरक भूमिकामा छौँ तर हामी सबैको उद्देश्य यो देशलाई समृद्ध गराउनु हो । त्यो भूमिकामा हामी अगाडि बढौँ ।’

कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने पनि बताए ।