१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
विवेक पोख्रेल
२०७५ फाल्गुण २८ मंगलबार ११:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्युत व्यवसायी संघ चितवनमा लामिछानेको नेतृत्व

Read Time : < 1 मिनेट
विवेक पोख्रेल
२०७५ फाल्गुण २८ मंगलबार ११:३१:००

विद्युत व्यवसायी संघ चितवनको नवौँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनले भरतप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । लामिछानेको नेतृत्वमा संघले निर्विरोध १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा डोलराम न्यौपाने, द्वितीय उपाध्यक्षमा नवराज सुवेदी, तृतीय उपाध्यक्षमा विष्णु प्रसाद चालिसे, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा गोर्ख प्रसाद सापकोटा, सहसचिवमा राजेश गौतम तथा सहकोषाध्यक्षमा खगराज अधिकारी चयन भएका हुन् । यसै संघको सदस्यमा सुरज राना, रामनाथ चौधरी, प्रमानन्द सापकोटा, प्रविण पौडेल, दिनेश गौतम, सन्तोष अधिकारी चयन भए । 

२०६६ सालमा पाँच जनाबाट सुरु भएको विद्युत व्यवसायी संघमा अहिले दुई सय १५ जना सदस्य आवद्ध रहेका छन् । उद्घाटन सत्रका कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले व्यवसायीहरुलाई सीपमूलक तालिम आवश्यक रहेको बताउँदै व्यवसायीहरुलाई महासंघसंग सहकार्य गर्नको लागि अनुरोध समेत गरे ।

व्यवसायीको नेतृत्व, व्यक्तित्व र बैठक संचालनको तालिम अति आवश्य रहेको बताउँदै खरेलले जिल्लाको व्यवसायीहरुसंग आफुहरु सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।  कार्यक्रममा कृष्ण सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभा शशीधर जैशी लामिछानेको अध्यक्षतामा भएको थियो ।