१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ चैत २२ मंगलबार १०:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ सय एम्पुल लागुऔषधसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
२०७८ चैत २२ मंगलबार १०:३६:००

प्रहरीले ६ सय एम्पुल लागुऔषधसहित पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका– १२ बस्ने वर्ष २६ का अमित शर्मा बढै, बर्दघाट १३ बस्ने वर्ष २६ का गोपी लोनिया र सोही स्थानका वर्ष २२ का प्रदीप बानियाँ रहेका कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन चेकजाँचका क्रममा पोखरा महानगरपालिका– ३० पावरहाउसबाट उनीहरूलाई पक्राउ गरेको हो । 

तनहुँबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार उनीहरूको साथबाट लागुऔषधसहित एक थान मोबाइलसमेत फेला परेको तिवारीले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।