मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
तिवारी यादव वीरगन्ज
२०७८ चैत २० आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगर कार्यालयमा तालाबन्दी गर्न खोजेपछि बहुदरमाईमा सामान्य झडप

Read Time : < 1 मिनेट
२०७८ चैत २० आइतबार १६:२९:००

पर्साको बहुदरमाई नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका टोली र नगरप्रमुख नितेन्द्र साहका कार्यकर्ताबीच सामान्य झडप भएको छ। आइतबार बहुदरमाई– ४ बहुवरीस्थित कार्यालयमा एमालेका नेता–कार्यकर्ताहरू तालाबन्दी गर्न पुगेपछि सामान्य झडप भएको हो।

चैत १० मा एमाले नगर कमिटीले बहुदरमाई नगरपालिका कार्यालयमा १४बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएकाे थियाे । उनीहरू नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको १०औँ दिनसम्म केही जानकारी नआएपछि तालाबन्दी गर्न पुगेका हुन्। प्रत्यक्षदर्शीका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख नितेन्द्र साहले तालाबन्दी गर्न गएका एमालेका कसैलाई पनि कार्यालय प्रवेश गर्न नदिने अडान राखेपछि झडप भएको हो। 

नगरपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रबारे जानकारी लिन जाँदा नगरप्रमुखले झडप गराएको एमालेका स्थानीय नेता शिव पटेलको आरोप छ। संविधानले दिएको मौलिक हक प्रयोग गरेर सूचना लिन अधिकार दिएको भए पनि नगरप्रमुखले वञ्चित गर्न खोज्दा झडप भएको बताए।

नगरपालिकामा भएको भ्रष्टचार खुलासा हुने डरले झडप गराउन खोजिएको भन्दै उनले अब अन्य माध्यमबाट नगरपालिकाको भ्रष्टाचार उजागर गरिने चेतावनी दिए। प्रहरीले भिडलाई शान्त पारेर सबैलाई घर पठाएपछि अहिले अवस्था समान्य रहेको पर्सा प्रहरीले जनाएको छ। 

के छ एमालेको ज्ञापनपत्रमा ? 
नगरपालिकाका विभिन्न तहमा भ्रष्टाचार भएको दाबीसहित ज्ञापनपत्रमा आर्थिक वर्ष ०७५–७६ देखि ०७८–७९ सम्म सम्पन्न भएका र अधुरा रहेको नगर र वडास्तरीय योजनाको विस्तृत जानकारी माग गरिएको थियो।

एमाले नगर कमिटीको ज्ञापनपत्रमा चार वर्षभित्र नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र वडामार्फत खरिद गरिएको चापाकलको संख्या, जडानसंख्या र मौज्दात संख्या, नगर क्षेत्रभित्रका असहायलाई वितरण गरिएको ग्यासचुलाेको विस्तृत खरिद संख्या, वितरण संख्या र मौज्दात संख्यालगायतका विभिन्न विवरण उपलब्ध गराउन माग गरिएको थियो।