१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २८ मंगलबार १०:३२:००
Read Time : > 1 मिनेट
सप्तरंग

करिअर टिप्स : निर्णयमा होसियारी विचारमा अडिग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २८ मंगलबार १०:३२:००

१. करिअरमा खुसीभन्दा पहिले व्यावसायिक सफलतामा बढी जोड दिनुपर्छ । आफ्नो जागिरमा कसैले पनि खुसी खोज्नुहुँदैन भन्ने सुन्दा केही अनौठो लाग्न सक्छ । तर, यो उचित सल्लाह हो । प्रायःजसो आफूले काम गर्ने कम्पनीले कर्मचारीको खुसीबारे त्यति ध्यान दिएको हुँदैन । कम्पनीलाई तपाईंको काम र परिणाममा मात्रै रुचि हुन्छ । त्यसैले आफूले पनि यसैमा बढी ध्यान दिनुपर्छ । आफ्नो करिअरमा परिणामलाई बढी ध्यान दिँदा पैसा पनि बढी कमाइन्छ । पैसा धेरै कमाएपछि आफ्नो व्यक्तिगत जीवनमा थप  रमाउन सकिन्छ ।

२. कम्पनीप्रति धेरै इमानदार बन्नुहुँदैन । अधिकांश समयमा कम्पनीलाई कर्मचारीले कति महत्व दिन्छ भन्ने कुरामा कम्पनीको तपाईंप्रतिको इमानदारीमा पनि निर्भर रहन्छ । त्यसैले करिअरमा तपाईं कम्पनीका लागि नभई आफ्नै लागि इमानदार हुन आवश्यक छ । यदि तपाईं नयाँ कम्पनीमा गएर नयाँ चुनौतीको सामना गर्न तयार हुनुहुन्छ भने कम्पनी परिवर्तन पनि गर्न सक्नुहुन्छ । पक्कै पनि तपाईंले आफ्नो कम्पनीलाई सम्मान गर्न र तपाईंलाई जागिर दिएकोमा ऊप्रति कृतज्ञ हुन आवश्यक छ । तर, कम्पनीलाई सम्मान देखाउने नाममा आफ्नो बाटो छाडेर अन्यत्र भने हिँड्नुहुँदैन ।

३. जागिर खोजीलाई नै करिअरका रूपमा लिनुपर्छ । यदि तपाईं जागिरको खोजी गर्दै हुनुुहुन्छ भने जागिर खोजीको कामलाई नै आफ्नो कामका रूपमा लिनुपर्छ । एउटा निर्धारित योजना बनाएर त्यसलाई प्रदर्शन गर्न आवश्यक छ । यसमा तपाईंसँग जागिर भएको भए जे गर्नुहुन्थ्यो सोही गर्नुपर्छ । अन्तर्वार्तामा पनि निर्धक्क भएर उभिनुपर्छ ।

४. मानिसलाई पढ्न सक्ने क्षमताको विकास गर्नुपर्छ । करिअरसम्बन्धी गोप्य कुरा तपाईं कसलाई निर्धक्क भन्न सक्नुहुन्छ ? के तपाईंका सहकर्मी विश्वसनीय पात्र छन् ? यदि तपाईं आफ्नो करिअरमा सफल हुन चाहनुहुन्छ भने मानिसलाई पढ्न सक्ने क्षमताको विकास गर्न आवश्यक छ । कोप्रति निर्भर हुन सकिन्छ र कोप्रति सकिँदैन भन्ने कुरा बुझ्न जरुरी छ । 

५. कामबाट निकालिने कुरादेखि डराउनुहुँदैन । यदि तपाईं कामबाट ननिकालिने प्रयास मात्रै गर्नुहुन्छ भने तपाईं आफू र आफ्ना करिअर लक्ष्यसँग सम्झौता गरिराख्नुभएको छ । यस्ता कुराको सामना गर्न सक्नुपर्छ र कामबाट निकालिने कुराबाट डराउनुहुँदैन । निर्णय लिँदा होसियारीपूर्वक लिनुपर्छ र यदि आफू सही छ भने त्यसमा अडिग रहन सक्नुपर्छ ।