१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १४ सोमबार १५:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखरको प्रश्न– गठबन्धन किन र केका लागि गर्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १४ सोमबार १५:५६:००

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा गठबन्धन किन र केका लागि गर्ने भन्दै प्रश्न गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तह निर्वाचनमा गठबन्धन कोसँग गर्ने भन्ने निर्णय केन्द्रबाट निर्धारण गर्न नहुने बताएका छन्।

उनले अन्य पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतालाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताएका छन्। रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी अगाडि बढ्न नसकिने उनको धारणा छ। ‘पार्टीभित्रको एकतालाई जोड दिउँ। माथिबाट गठबन्धन गर्दा तल कार्यकर्ताले मानेनन् भने के गर्ने ?’ बैठकमा उनले प्रश्न गरे। 

पार्टी सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी बढ्छ भन्दै कोइरालाले प्रश्न गरे।  कांग्रेसको नीति र सिद्धान्तलाई तिजाञ्जली दिएर माओवादीलाई बोक्न नसकिने उनको भनाइ छ।