मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १४ सोमबार ०७:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डलर लुटपाटमा असइ नै संलग्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १४ सोमबार ०७:२५:००

अमेरिकी डलर लुटपाटमा संलग्न भएको अभियोगमा प्रहरी प्रभाग साँखुका असइ दिलीप खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो । गत २ चैतमा चाँगुनाराणमा सस्तो मूल्यमा डलर साट्ने भन्दै आठ लाख रुपैयाँ लुटपाट भएको थियो ।

लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ४ का रेशम बुढाथोकीको कुटपिटपछि मृत्यु भयो । सोही घटना अनुसन्धान गर्न पुगेको असइ खड्काले मुचुल्का उठाउँदा डलर उल्लेख गरेका थिएनन् । नाटकीय ढंगले डलर गायब भएपछि भक्तपुर परिसरले घटनाको अनुसन्धान गरेको थियो । असइ खड्का आफैँले डलर लिएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

भक्तपुर परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले असइ खड्कालाई पक्राउ गरिएको बताए । ‘चाँगुनारायणमा डलर लुटपाट भयो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मुचुल्का उठाउँदा आठ लाख रुपैयाँ रहेको उल्लेख भयो । तर, डलर उल्लेख भएन । अनुसन्धान गर्दै जाँदा कैफियत देखिएपछि असइलाई नियन्त्रणमा लियौँ,’ उनले भने ।

प्रहरीका अनुसार खड्काले पाँच सय ५५ अमेरिकी डलर मुचुल्कामा नचढाई लिएका थिए । उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । गत २ चैत दिउँसो मृतक रेशमले सस्तोमा डलर साटिदिने भन्दै मकवानपुरका सुरेश न्यौपाने र कैलालीका वीरेन्द्रबहादुर खड्कालाई चाँगुनारायणस्थित हलखोरियामा बोलाएका थिए ।