१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १२ शनिबार १५:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजेन्द्र लिङ्देन भन्छन्– देउवा, ओली वा प्रचण्डलाई कति कार्यकाल थपेपछि देश बन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार १५:५८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य पार्टीका शीर्ष नेताहरूले देश नबनाएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, माओवादी र एमालेले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेताहरूलाई चुनौती दिएका हुन्।

लिङ्देनले ३१ वर्षसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता भएको टिप्पणी गरे। आफ्नो पार्टीले पाँच वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने उनको दाबी छ।

‘आउने चुनावमा जानीजानी यस्ता भ्रष्ट नेताहरूलाई भाेट नदिनुस् भन्न आएको हो। तपाईंले खुकुरी, तरबार चलाएकोभन्दा ठूलो सजाय त्यही हुन्छ। नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ ? बडो आदरपूर्वक भनौँ, शेरबहादुर देउवालाई अब कतिपटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही कांग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब पाँच वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरूलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ ?’