मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ चैत १० बिहीबार ११:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महँगी नियन्त्रणका लागि गण्डकीमा बजार अनुगमन व्यापक बनाइने

Read Time : < 1 मिनेट
२०७८ चैत १० बिहीबार ११:३९:००

पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि नियन्त्रणका लागि गण्डकीमा तीनबुँदे निर्णय गरिएको छ। विगत केही सातादेखि बजारमा मूल्यवृद्धिको क्रम तीव्र रूपमा बढेको गुनासो आएपछि बुधबार प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाउँदै सरोकारवाला कार्यालय र उपभोक्ता अधिकारकर्मीसँगको संयुक्त बैठकले मूल्यवृद्धि नियन्त्रणका लागि तीनबुँदे निर्णय गरेको हो।

बैठकपछि निर्णयहरूबारे जानकारी दिँदै निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले महँगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरोकारवालालाई आमन्त्रण गरी छलफल गर्ने, प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन प्रभावकारी बनाउन प्रदेश, जिल्ला र स्थानीयस्तरका बजार अनुगमन समितिबीच समन्वय गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाइने बताए । त्यस्तै, जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन ११ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए।

मुख्यमन्त्री पोखरेलले महँगी नियन्त्रणका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताए। डलरको भाउ वृद्धि, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वाभाविक महँगी बढेकाे गुनासो आएको बताउँदै पोखरेलले यसबाट सबैजना पीडित रहेकाले नियन्त्रणका लागि संयुक्त प्रयासको खाँचो रहेको बताए। तीन तहको सरकारबीच समन्वय भए मात्र नियन्त्रणमा लिन सकिने उनको बुझाइ छ।