१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २७ सोमबार १३:५१:००
Read Time : < 1 मिनेट
साहित्य

बालसाहित्य अनुवाद कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २७ सोमबार १३:५१:००

अनुवादक समाज नेपालको आयोजना र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) बल्खुको सहयोगमा बालसाहित्य अनुवाद कार्यशाला सम्पन्न भएको छ । 

नेपाली बालकथाको अंगे्रजी अनुवादमा केन्द्रित कार्यशालामा नयाँ र पुराना अनुवादक गरी २५ जनाको सहभागिता थियो । समाजका उपाध्यक्ष बलराम अधिकारीले कार्यशालाको सहजीकरण गरेका थिए । सहभागीहरूले कार्यशालाले अनुवादको व्यावहारिक ज्ञान र सीप प्रदान गरेको बताए ।

अनुवादक समाज नेपालका महासचिव भीमनारायण रेग्मीले अनुवादका क्षेत्रमा यस्ता कार्यशाला नवप्रवेशीलाई राम्रो अवसर भएको बताए । आगामी दिनमा पनि अनुवादक समाज क्रियाशील युवावर्गसँग काम गर्न इच्छुक रहेको रेग्मीले बताए ।