मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका हेटाैंडा
२०७८ चैत ८ मंगलबार १०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
२०७८ चैत ८ मंगलबार १०:२१:००

बागमती प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा गत फागुन २९ र ३० गते बसेको प्रदेश सभा बैठकमा पेस भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपत् व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए । 

उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेस गर्नुहुनेछ । बागमती प्रदेश सभामा हाल १०९ प्रदेश सभा सदस्य छन् । जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एकजना छन् ।