मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मण खनाल
२०७५ फाल्गुण २७ सोमबार ११:००:००
Read Time : < 1 मिनेट
अर्थ

युएईमा दर्ता भयो गैरआवासीय नेपाली संघ

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ फाल्गुण २७ सोमबार ११:००:००

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसी) युएईमा विधिवत् दर्ता भएको छ । युएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटीअन्तर्गत एनआरएनए युएई दर्ता भएको हो । नेपाल एसोसिएसन नाम दिइएको उक्त संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा काम गर्ने जनाइएको छ ।

विगत १ वर्षदेखि दर्ताको पहल थालेको गैरआवासीय नेपाली संघ युएईले आइतबार   दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । १० सदस्य बोर्ड रहने एसोसिएसनको अध्यक्षमा रमेश श्रेष्ठ रहेका छन् । अन्य ९ जना कार्यसमितिमा निर्मलकुमार पोख्रेल, राजु केसी, कृष्णप्रसाद पौडेल, नवीन पौडेल, थक्करबहादुर कार्की, कल्पना राई, नेत्र शर्मा रहेका छन् । युएईको कानुनअनुसार २ जना स्थानीय बोर्ड  डाइरेक्टरमा ओेमर मतर बकित खल्फान अलबालसी र आमल मोहमद अलिमोहमद रहेका छन् ।  

संघका अध्यक्ष रमेश श्रेष्ठले नेपाली संस्था दर्ता हुनु गौरवको कुरा भएको बताउँदै नेपालीलाई संगठित गर्दै एकीकृत गर्न प्रयास गर्ने बताए ।   संस्था दर्ता भएसँगै अब युएईमा रहेका नेपालीले कानुनी रूपमै विभिन्न गतिविधि गर्न पाउने भएका छन् ।