मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ४ शुक्रबार १८:५२:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन : सत्यमोहन जोशी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ४ शुक्रबार १८:५२:००

संकृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् ।  शुक्रबार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताएका हुन् । उनले  लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए ।

लोक संस्कृतिले सबैलाई आफु नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । उनले भने ‘नेपालमा जाति, जनजातिहरुको, विभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ । लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई बिचारै नगरीकन, अघि बढ्यो भने जस्तोसुकै उन्नति भएपनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । जस्तो अहिले कति झगडा भइराखेको राजनीतिक अवस्था त यहाँहरु सबैलाई थाहा छदैछ । यदी समावेशी भएको भए एकले अर्कोलाई नेपाली हो, चाहे नेवार होस्, चाहे थारु होस्, चाहे धिमाल होस्, चाहे राई, लिम्बु जे होस्, हामी सबै नेपाली हौँ भन्ने भावना जागृत गर्ने त त्यो लोकसंस्कृतिले गर्ने हो नि त।’

पत्रकार गिरीश गिरीले लेखेको जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रबार एक कार्यक्रमकाबीच ललितपुरमा लोकार्पण गरेको हो । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । 

पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । 

पुस्तकमा सत्यमोहन जोशीको जीवनीका साथसाथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भुमिकाको समेत चर्चा गरिएको गिरीले बताए ।