मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत ४ शुक्रबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

धरानका डिएसपी कुँवर  प्रदेश १ कै उत्कृष्ट 

Read Time : < 1 मिनेट
२०७८ चैत ४ शुक्रबार ०८:२०:००

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवर फागुन महिनाको लागि प्रदेशभरिका उत्कृष्ट प्रहरी अधिकृत घोषित भएका छन् । डिएसपी कुँवरलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी अधिकृत घोषणा गरेको हो ।

गम्भीर प्रकृतिको अपराधको अनुसन्धानमा कुँवर प्रदेशभरिकै अब्बल अधिकृत ठहरिएका हुन् । उनले धरान क्षेत्रमा भएका गम्भीर प्रकृतिका अपराधमा सफल अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याएका थिए । धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरुष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टाछुट्टै झोलामा हालेर फालेको घटनाको उत्कृष्ट अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरीले पुरस्कृत गरेको हो ।

उक्त घटनामा डिएसपी कुँवरले मृतकको पहिचान खुलाउन सफल भएर संलग्न प्रतिवादीहरूलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याएकोले सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको डिआइजी अरुण विसीले जानकारी दिए ।