Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ चैत १ मंगलबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्रले हटायो तिमाङको जोखिमपूर्ण रूख

Read Time : < 1 मिनेट
२०७८ चैत १ मंगलबार ११:२६:००

बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको तिमाङमा जोखिमपूर्ण अवस्थामा रहेको रूख सशस्त्र प्रहरीले हटाएको छ। चामे गाउँपालिका– १ तिमाङ भिरमा ढलेर जोखिमपूर्ण अवस्थामा अड्किएको रूख सशस्त्र प्रहरीको विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त टोलीले हटाएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

‘तिमाङको भिरमा लडेर सडकमाथि अड्किएको रूखले सवारी आवागमन र पैदलयात्रीलाई जोखिम बढाएपछि सशस्त्र प्रहरीको विशेष टोलीले रूख हटाएको हो। रूख हटाएपछि अहिले जोखिम टरेको छ,’ उनले भने। हाल बेंसीसहर–चामे सडक बन्द भएकाले सोही मौका छोपी रूख हटाइएको मनाङ प्रशासनले जनाएको छ।