मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भूपेन्द्र वली
२०७५ पौष ६ शुक्रबार २०:२५:००
Read Time : < 1 मिनेट
समाचार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
भूपेन्द्र वली
२०७५ पौष ६ शुक्रबार २०:२५:००

राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर, ३ राम्रीमा बस दुर्घटना हुँदा १६ जना मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनामा १० घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । 

घाइतेको थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट नेपालगंज रेफर गरिएको छ । अन्य सात जनाको अञ्चल अस्पतालमा नै उपचार भइरहेको छ । शुक्रबार अपरान्ह करिब ५ बजे विद्यार्र्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

३१ जना यात्रु रहेको बस सडकदेखि करिब ७ सय मिटर तल खसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने शाहीले बताए । कपुरकोटको बनस्पति उद्यान केन्द्रको अवलोकनपछि फर्किएको दाङ घोराहीको कृष्णसेन इच्छुक स्मृती बहुप्राविधिक शिक्षालयको बस दुर्घटनामा परेको हो । घटनाको थप विवरण आउन बाँकी छ ।