१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण ३० सोमबार ०८:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गाईघाट बजारमा जडान गरिएका सिसिक्यामेरा मर्मत नहुँदा प्रयोगविहीन

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ३० सोमबार ०८:५९:००

उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा आपराधिक गतिविधिप्रति निगरानीका लागि जडान गरिएका सिसिक्यामेरा मर्मत–सम्भार नहुँदा प्रयोगविहीन भएका छन् । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा गाईघाट बजार क्षेत्र र आसपासमा हुन सक्ने आपराधिक गतिविधि निगरानीको उद्देश्यले सिसिक्यामेरा जडान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेदप्रसाद गौतमले मर्मतकै अभावमा बजार क्षेत्रमा जडान गरिएका सिसिक्यामेरा अभावमा प्रयोगविहीन भएकाले शान्ति सुरक्षामा समस्या आइपरेको बताए । ‘सडक मर्मत गर्ने क्रममा पोलहरू सार्दा झिकिएका सिसिक्यामेराहरू अझै जडान भएको छैन, बिग्रेको ठाउँमा पनि अझै नबनाइएकाले नागरिकको सुरक्षाका लागि समस्या छ ।

हामी स्थानीय तहलगायतसँग समन्वय गरिरहेका छौँ,’ उनले भने । ०७५ र ०७६ मा गरी ३३ वटा सिसिक्यामेरा जडान गरिएको थियो । त्यसमध्ये हाल सातवटा मात्र चालू अवस्थामा छन् । बाँकी सबै बिग्रेका छन् । दुई आर्थिक वर्षमा त्रियुगा नगरपालिकाको सात लाख ५० हजार, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको दुई लाख ५० हजार गरी कुल १० लाखको लगानीमा सिसिक्यामेरा जडान गरिएको थियो ।