मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अच्युत राज भण्डारी
२०७५ पौष ६ शुक्रबार १९:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

मुगुमा नेविसंघलाई अधिवेशनको चटारो

Read Time : < 1 मिनेट
अच्युत राज भण्डारी
२०७५ पौष ६ शुक्रबार १९:४९:००

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मुगु आठौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । करिव ६ वर्षपछि हुन लागेको अधिवेशनले जिल्लादेखि गाउँसम्म उत्साह छाएको छ ।
 
अधिवेशनमा क्याम्पस स्तरमा इकाई समिति गठन प्रक्रिया सकिएको छ । विद्यार्थीबीच सर्वसम्वत इकाई समिति गठन गरिएको हो । अधिवेशनका लागि जिल्लाभरिका इकाई समितिबाट ७९ जना प्रतिनिधि सहभागी हुने नेविसंघ केन्द्रीय सदस्य प्रकाश कुमार शाहीले जानकारी दिए । 

सक्षम नेतृत्व चयन गर्न जिल्ला कमिटीमा छलफल तथा सहकार्य भइरहेकाले अधिवेशनले अरुलाई सिकाई हुने खालको हुने शाहीको भनाई छ । जिल्ला अधिवेशनमा नेविसंघ केन्द्रीय सदस्यदेखि जिल्ला कार्य समितिका पदाधिकारी खट्दै आएका छन् । 

इकाई समिति गठन पूरा भएको र अब तत्काल जिल्ला अधिवेशनको मिति तोकिने भएको छ । नेविसंघ केन्द्रीय सदस्य लोकेन्द्र शाहीले बताए । गुटउपगुट नगरी नेविसंघ जिल्ला संगठनलाई बलियो र भरपर्दो बनाउने हिसाबले आठौँ अधिवेशनबाट पदाधिकारी चयनमा जोड दिइने उनको भनाई छ ।