मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ११:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलास : गिरिबन्धु टी स्टेटसहित ११ मुद्दाको पेसी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ११:०६:००

सर्वोच्च अदालतले संवैधानिक इजलासमा ११ मुद्दाको पेसी तोकेको छ। सर्वोच्चले गिरिबन्धु टी स्टेटलगायतको मुद्दामा पेसी तोकेको हो। शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठताका आधारमा इजलास गठन गरेका छन्। इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हालाई समावेश गरिएको छ।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा हाल निलम्बनमा छन्। जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा पाँच महिनाभन्दा बढी समयसम्म इजलास बस्न सकेको थिएन। पाँच महिनापछि शुक्रबार तेस्रोपटक इजलास बसेको हो। १३ असोजपछि गत शुक्रबार पहिलोपटक इजलास बसेको थियो।