मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २७ शुक्रबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावी तालमेलबारे कांग्रेसमा तीनथरी धारणा : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २७ शुक्रबार १०:५४:००

‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलबारे पार्टीले निर्णय गर्ने

कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी तालमेलबारे अहिले कांग्रेसमा तीनथरी धारणा रहेको  बताएका छन्। काठमाडौंको आलोकनगरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्ने छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यसपछि निर्णय गर्छौँ।’ 

कार्यक्रममा बोल्दै उनले एकमहिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलबारे निर्णय गर्ने बताए।  ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलबारे पार्टीले निर्णय गर्ने उनको भनाइ थियो। 

सत्तारुढ पाँचदलीय गठबन्धन कांग्रेसले चाहेर मात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिजन्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याए। ‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेर मात्र होइन कि परिस्थितिजन्य कारणले गठबन्धन बनेकाे हो।’