मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ फाल्गुण २६ बिहीबार १६:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

'सरकार र राष्ट्र बैंकका कारण तरलता अभाव'

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ फाल्गुण २६ बिहीबार १६:४०:००

विराटनगरका अर्थविज्ञहरुले सरकार र नेपाल राष्ट्र बैंकको अदूरदर्शीताका कारण बजारमा तरला अभाव भएको र युवा जनशक्ति विदेश पलायन भएको धारणा राखेका छन्। मोरङ व्यापार संघले बिहिवार अर्थक्षेत्रमा देखिएका समस्याबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. भेषप्रसाद धमला, प्रा.डा पिके झा र प्रा.डा वेदराज आचार्यले तरलता अभावको प्रमुख कारण सरकार र राष्ट्र बैंकको अदूरदर्शी र अस्पष्ट नीति जिम्मेवार रहेको टिप्पणी गरेका हुन्।

अर्थशास्त्री डा. धमलाले देशको जनशक्ति विदेश पलायन हुनुमा सरकार नै उद्धत रहेको र जनशक्ती अभावका कारण उत्पादनमा असर पुगेको बताए। उनले बैंकको व्याजदर अत्याधिक वृद्धि हुँदा उत्पादनमा पनि असर पुगेको धारणा राखे। दक्ष जनशक्तिले विदेशबाट केहि सिकेर त्यहाँको सीप उत्पादनशील क्षेत्रमा लगाउँदा अर्थतन्त्र  चलायमान हुने भए पनि अदक्ष र अर्धदक्ष जनशक्तिले खाडीको तातोमा पसिना बगाउनबाहेक अन्य सीपमूलक कार्य गर्न नसक्ने डा. धमलाले बताए।

अर्थशास्त्री प्रा.डा पिके झाले नेपालको आर्थिक नीति निर्दयी बन्दै गएको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको औंल्याए। उनले तरलता अभावको जिम्मेवारी राष्ट्र बैंकले पनि लिनुपर्ने टिप्पणी गरे। विनियोजित बजेटको अक्षरसः कार्यान्वयन नहुँदा पनि उद्योग, व्यापार र व्यसाय संकटग्रस्त बन्दै गएको उनले बताए।.झाले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चा पदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्।

यसैगरी, अर्थशास्त्री वेदप्रसाद आचार्यले देशको हरेक तह र तप्कामा विगतदेखिका सरकार संस्थागत सुशासनमा चुकेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य जस्ता प्रत्यक्ष जनसरोकारका क्षेत्रलाई नियन्त्रण र नियमन गर्न सरकार निरिह बनेको उनको धारणा थियो। उनले पनि राष्ट्र बैंकको नीति र नियमन सही नभएको हुँदा तलरता अभावको समस्या सिर्जना भएको टिप्पणी गरे।

कार्यक्रममा मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बैंकमा करौडौं निक्षेप जम्मा गरेर चर्को ब्याज खान पाउने नीति परिवर्तन गर्न माग गरे। उनले लगानी नगर्नेहरुको हकमा २० लाख भन्दा बढी रकम जम्मा भएमा न्युनतम ब्याज मात्र दिनुपर्नेमा जोड दिए।