१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २६ बिहीबार १५:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

११२ नयाँ संक्रमित थपिँदा ४२९ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २६ बिहीबार १५:४४:००

पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार तीन सय २८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकअनुसार पिसिआर विधिबाट ७७ र एन्टिजेन विधिबाट ३५ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा चार सय २९ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शून्य छ। आज बिहीबार देशभर एक लाख  २९ हजार दुई सय ८५ जनाले कोरोराविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार अब नेपालमा पाँच हजार तीन सय ४० सक्रिय संक्रमित रहेका छन्।