मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मण खनाल
२०७५ फाल्गुण २६ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
प्रवास

नेपाल एसोसिएसनको नाममा  युएईमा  दर्ता भयो एनआरएनए

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ फाल्गुण २६ आइतबार १५:११:००

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ । एनआरएनए यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो । 

नेपाल एसोसिएसन नाम दिइएको उक्त संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा काम गर्ने छ । गैर आवासिय नेपाली संघ यूएईले बिगत १ वर्ष देखि नै दर्ता थालनी गरपनि संस्थाले आइतबार मात्र प्रमाण पत्र प्राप्त गरेको हो ।  

१० सदस्यीय कार्यसमिति रहेको नेपाल एसोसिएसनको अध्यक्षमा रमेश श्रेष्ठ रहेका छन भने अन्य ९ मा क्रमश  निर्मल कुमार पोख्रेल, राजु केसी, कृष्ण प्रसाद पौडेल, नबिन पौडेल, थक्कर बहादुर कार्की, कल्पना राइ, नेत्र शर्मा बोर्ड डाइरेक्टोर रहेका छन ।  

युएईको कानुन अनुसार २ जना  स्थानीय बोर्ड  डाइरेक्टरमा ओेमर मतर बकित खल्फान अल बालसी र आमल मोहमद अली मोहमद  रहेका   छन ।  

संघका अध्यक्ष रमेश श्रेष्ठले नेपाली संस्था दर्ता हुनु गौरबको कुरा भएको बताउँदै नेपालीहरुलाई संगठित गर्दै एकीकृत गर्न प्रयास गर्ने बताए । संस्था दर्ता भए सँगै अव यूएईमा रहेका नेपालीहरुले कानुनी रुपमा विभिन्न गतिबिधी गर्न पाउने भएका छन् ।