१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको आग्रह– पार्टीबाट अलग हुने कुरा नगर्नूस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार १४:०६:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान छलफल भएको छ। एमसिसीको विषयमा दुई नेताबीच दूरी बढिरहेको समयमा एकता प्रयासका लागि प्रचण्डनिवास खुमलटारमा छलफल भएको हो।

श्रेष्ठको एमसिसी पारित गर्ने विषयमा असन्तुष्टि छ। उनले परिमार्जनसहित एमसिसी पारित गर्नुपर्ने बताउँदै आएका थिए। संसद्ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेपछि श्रेष्ठले सार्वजनिक रूपमा नै आफ्नो विमति राख्दै आएका छन्। श्रेष्ठ पक्षका नेताहरू पनि एमसिसीको विषयमा असन्तुष्ट छन्। केही नेताहरूले पार्टीमा बसिराख्न नसकिने धारणासमेत राख्दै आएका छन्।

स्रोतका अनुसार आज बिहानको छलफलमा प्रचण्डले विमतिहरू पार्टीको केन्द्रीय समितिमा छलफल गर्न सकिने बताएका थिए। शुक्रबार माओवादीको केन्द्रीय समिति बैठक बस्दै छ। ‘विमतिहरू केन्द्रीय समितिमा छलफल गरौँ। पार्टीबाट अलग हुने कुरा जायज होइन। नमिलेका विषयमा छलफल गरेर समाधान निकालाैँ,’ श्रेष्ठलाई प्रचण्डले गरेको आग्रह उदृत गर्दै स्रोतले भन्यो। 

एमसिसी अनुमोदन भएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति इंगित गर्दै पार्टीबाट अलग हुन सक्ने बताएका थिए। यसअघि प्रचण्ड श्रेष्ठनिवास हात्तीवन पुगेर एमसिसीको विषयमा विमति भए पनि पार्टीबाट अगल नहुन आग्रह गरेका थिए।

श्रेष्ठले बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग समेत भेट गरेका थिए । आज खुमलटारमा दुई नेता छलफलपछि सरकार सञ्चालनसम्बन्धी राजनीतिक संयन्त्रको बैठकमा सहमागी हुन भने सँगै पुगेका थिए।