मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भूपेन्द्र वली 
२०७५ पौष ६ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यार्थी चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
भूपेन्द्र वली 
२०७५ पौष ६ शुक्रबार १८:२०:००

दाङमा विद्यार्थी चढेकाे बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । तुलसीपुर–कपुरकोट सडकखण्डमा  ३१ जना चढेकाे बस साँझ सवा ५ बजे तुलसीपुर, ३ राम्रीमा दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीका अनुसार बस बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको छ । अहिलेसम्म नौ जनाको मृत्यु भएकाे पुष्टि रहेकाे छ । बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीले जानकारी दिए । शाहीका अनुसार चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।