मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७८ फाल्गुण १७ मंगलबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७८ फाल्गुण १७ मंगलबार ०९:२१:००

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् ।  प्रदेश निर्वाचन समितिका अनुसार खसेका दुई सय १० मतमध्ये चौधरी एक सय १४ मत पाउँदै विजयी भए । उनका प्रतिद्वन्द्वी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाएका छन् । 

प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् ।  सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर)र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् । 

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले दुई सय २३  सदस्य मात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् ।