मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १६ सोमबार १२:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीविरुद्धको रिट दर्ताबारेको निवेदन न्यायाधीश कार्कीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १६ सोमबार १२:१२:००

सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिटको दरपिठ आदेशविरुद्धको निवेदनको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दरपिठविरुद्ध दिएको निवेदन सर्वोच्चले न्यायाधीश कार्कीको एकल इजलासमा राखेको हो। 

भण्डारीले यसअघि एमसिसी रोक्न माग गर्दै दर्ताका लागि पेस गरेको रिट निवेदन गत सोमबार सर्वोच्चले दरपिठ गरेको थियो। सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो।

सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले गत फागुन १० मा दर्ता गर्ने आधार नभएको भन्दै दरपिठ गरिदिएका थिए। यसविरुद्ध भण्डारीले निवेदन दिएका थिए।