मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

महिला प्रजनन स्वास्थ्यमा बजेट कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार १७:१९:००

राष्ट्रिय महिला आयोगले महिलाको प्रजनन स्वास्थ्य समस्या समाधानका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले प्रजनन स्वास्थ्यका बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ठाकुरले प्रजनन स्वास्थ्य समस्याका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन गर्न जोड दिनु पर्ने बताए । सचिव उनले दक्ष जनशक्तिको अभावमा महिलाको प्रजनन स्वास्थ्यसम्बन्धि समस्या बढ्दै गएको तथ्यांक स्मरण गराएका थिए ।

सचिव ठाकुरले महिला प्रजनन स्वास्थ्यमा समस्या आउन नदिन सामाजिक अभियान संचालन गर्नु पर्ने पनि बताएका थिए ।