१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : सरोज सापकोटा
२०७८ फाल्गुण १५ आइतबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बनेपाकाे ढुंगाखानीमा पहिरो : एकजनाको मृत्यु, कैयाैँ पुरिएकाे आशंका

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १५ आइतबार १४:५७:००

काभ्रेको बनेपा नगरपालिका– १४ मा सञ्चालित ढुंगाखानीमा पहिरो जाँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आशापुरी खनिज उद्योगमा पहिरो जाँदा दुईजना व्यक्तिको घाइते अवस्थामा उद्धार भएको छ भने अन्य कैयौँ मानिस पुरिएको हुन सक्ने आशंका गरिएको छ । 

स्थानीय शिक्षक सरोज सापकोटाका अनुसार धेरैवटा सवारीसाधन र एक्स्काभेटर, टिपर पुरिएको छ । ‘डरलाग्दो अवस्था छ । त्यहाँ बस्न डर लागेर फर्किएँ म,’ सापकोटाले भने, ‘एकजनाको ढुंगाले च्यापिएर मृत्यु भएजस्तो देखिन्छ । आठ–नाैवटा टिपर, ट्रक,  एक्स्काभेटरलगायत पुरिएजस्तो देखिन्छ ।’ 
अहिलेसम्म पहिरो खसिरहेको सापकोटाले जानकारी दिए । तलबाट एक्स्काभेटर तथा डोजरले ढुंगा निकाल्दै जाँदा ओडारजस्तो बनेर पहिरो गएको सापकोटाले जानकारी दिए । अहिलेसम्म दुई–चारजना प्रहरीबाहेक कुनै उद्धार टोली घटना स्थलमा नआइपुगेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले पहिरो गएर एकजनाको मृत्यु भएको, तर सबै विवरण भने आइनसकेको बताए । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी घटनास्थलमा पुगेको, तर सबै जानकारी आइनसकेको खतिवडाले बताए ।  दुईजना घाइतेको उद्धार भएको पनि उनले जानकारी दिए । आफूहरू घटनास्थलमा जाँदै गरेको बताए ।