मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण ११ बुधबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार पाण्डेको रिहाइका लागि पहल गर्न पत्रकार महासंघको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण ११ बुधबार १३:५८:००

नेपाल पत्रकार महासंघले युएईमा रहेर पत्रकारिता गर्दै आएका उमाकान्त पाण्डेको रिहाइका लागि सरकार, परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले वैदेशिक रोजगारीका सिलसिलामा युएईमा बसेर पत्रकारिता गर्दै आएका पाण्डेको रिहाइका लागि आग्रह गरेको हो । 

नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख छ ।  ‘महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ । 

पाण्डेले केही समयअघि दूतावासको विषयमा सामाजिक सञ्जालमा दूतावासमार्फत भिजिट भिसाको प्रोत्साहन भएको र दूतावासभित्र हुने गरेका गलत कुराहरूको आफूसँग प्रमाण रहेको लेखेका थिए । त्यसपछि दूतावासका कर्मचारी र पाण्डेबीच लामो बहस र चर्काचर्की भएको थियो । पारिवारिक स्रोतका अनुसार पाण्डेलाई युएईको प्रशासनले दूतावासले दिएको उजुरीका आधारमा ३ फागुनमा पक्राउ गरेको थियो ।