मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १० मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले अध्यक्ष केपी ओलीको आरोप–माओवादी र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १० मंगलबार ०७:१९:००

एमाले अध्यक्ष केपी ओलीले एमसिसीमा सत्तारुढ माओवादी र एकीकृत समाजवादीको भूमिकामाथि प्रश्न उठाएका छन् । एमाले आफैँ पनि अहिलेसम्म एमसिसीबारे मौन छ ।एमसिसीलाई सदनमा टेबुल गराउन सहयोग गर्ने, तर सांसद र कार्यकर्तालाई विरोधमा उतारेर दोहोरो चरित्र देखाएको भन्दै ओलीले दुवै पार्टीको आलोचना गरे ।

‘एमसिसी पास गर्ने, टेबुल गर्न षड्यन्त्र गर्ने, आफू (प्रचण्ड र माधव) चाहिँ मूर्तिझैँ बस्ने, अर्को पार्टीका (एमाले सांसद)लाई नारा लगाउन लगाउने, यताका (सांसद) लाई उठ भन्ने, उताका (मन्त्री) लाई बस्न लगाउने, एकाथरीलाई सडकमा जाऊ भन्ने, एकाथरीलाई सदनमा आऊ भन्ने,’ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि प्रहार गरे । 

एमसिसीको विरोधमा उत्रिएका आन्दोलनकारीले प्रहरीमाथि ज्यादती गरेको विषयमा आफूले गृहमन्त्री बालकृष्ण खाणसँग टेलिफोन गरेको पनि ओलीले बताए । ‘कुटाइ खाँदै प्रहरी भागेको छ । २५ जना मान्छे ढुंगा हान्छन्, डेढ सय प्रहरी भाग्दै छन्, तर आदेश केही हुँदैन,’ ओलीले भने, ‘गृहमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको थियो, मैले सोधेँ– ढुंगा हान्ने मात्रै आदेश थियो कि के थियो ? प्रहरी किन कुटिए ? किन घाइते भए ?’