Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
निराजन पाैडेल
२०७५ पौष ६ शुक्रबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
निराजन पाैडेल
२०७५ पौष ६ शुक्रबार १४:२५:००

सर्वोच्च अदालतको आदेशसँगै दीपक मनाङ्गे (राजीव गुरुङ) थुनामुक्त भएका छन् । मनाङ्गे ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो । 

१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने नयाँ मुलुकी ऐनको सुविधा अनुसार दिपक गुरूङ (मनाङे) छुटेका हुन्। सर्वोच्चमा उनको पुनरावेदन रिट दर्ता भएसँगै मनाङे छुटेका हुन् । मनाङे ज्यान मार्ने उद्योगमा जेल सजाय काट्दै अाएका थिए ।

गतवर्षको माघमा ज्यान सम्बन्धि मुद्धामा पुनरावेदन अदालत (उच्च अदालत) पाटनले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले फैसला सदर गरेको थियो । 

२०६१ सालमा गुण्डा नाइके मिलन गुरुङ उर्फ (चक्रे मिलन)लाई खुकुरी प्रहार गरेर बायाँ हात छिनालेको आरोपमा काठमाडौँ उनी विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । जिल्ला अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दुई वर्ष जेल सजाय तोकेको थियो । ज्यान मार्ने उद्योगमा कम सजाय भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले मनाङेलाई थप सजायको माग गर्दै पुनरावेदनमा रिट परेको थियो ।

पुनरावेदन अदालतले २०६९ सालमा काठमाडौँ जिल्ला अदालतको फैसला सच्चाउँदै मुख्य अभियुक्त मनाङेलाई ५ वर्ष जेल सजाय तोकेको थियो । तर, मनाङेसँगै ज्यान मार्ने उद्योगमा संलग्न भएका रेवत कार्की, रमेश सुनुवार, उमेश लामा, गणेश लामालाई सफाइ पाएका थिए ।