Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २ सोमबार २१:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यक्ष नेपाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २ सोमबार २१:००:००

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ । सोमबार साँझ नेपालनिवासमा नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाह र अध्यक्ष नेपालबीच शिष्टाचार भेटवार्ता भएको हो । नेपाल–पाकिस्तान सम्बन्धलाई सुदृढ बनाउने प्रयासको निरन्तरतास्वरूप भेटवार्ता भएको बताइएको छ । 

भेटका क्रममा राजदूत शाहले प्रधानमन्त्रीको हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन योगदान गरेकोमा प्रशंसा गरेका थिए । त्यस्तै अध्यक्ष नेपालले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई सुमधुर बनाउन आफ्नो तर्फबाट योगदान गर्ने विश्वास व्यक्त गरेको बताइएको छ ।