Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:४४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा सन्दीप लगातार तीन सिजन बिकेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:४४:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लगातार तीन सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा बिकेनन् । सन् २०२२ सिजनको शनिबार र आइतबारसम्म चलेको आइपिएल अक्सनमा सन्दीप अनसोल्ड समूहमा परेका छन् । आइपिएलको दुई दिन चलेको मेगा अक्सनमा कुनै टोलीले रुचि नदेखाएपछि उनी बिक्री नभएका हुन् । पहिलो दिन अन्तिम खेलाडीका रूपमा सन्दीपको नाम आए पनि कुनै टोलीले उनीमाथि बोली लगाएनन् । दोस्रो दिन पनि उनीमाथि सहभागी टोलीले चासो देखाएनन् । सन्दीपले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका थिए । 

सन् २०१८ मा देल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स)ले उनको न्यूनतम मूल्य २० लाख भारु मा किनेको थियो । नेपालबाट आइपिएल खेल्ने सन्दीप पहिलो खेलाडी हुन् । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले नौ खेलमा १३ विकेट लिएका थिए । सन् २०२१ मा सन्दीपलाई दिल्लीले फुकुवा गरेको थियो । २०१८ मा दिल्लीले अन्तिम तीन खेलमा सन्दीपलाई मौका दिएको थियो । पहिलो सिजनमा उनले पाँच विकेट लिएका थिए । २०१९ मा सन्दीपले खेलेका ६ खेलमा नौ विकेट लिए । २०२० मा उनी पूरा समय बेन्चमा सीमित भए ।

यसैबीच आइपिएलको अक्सनमा भारतीय खेलाडी इशान किशन सर्वाधिक महँगा खेलाडी बनेका छन् । इशानलाई १५ करोड २५ लाख भारु खर्चँदै मुम्बई इन्डियन्सले भित्र्याएको छ । यसैगरी, चेन्नई सुपर किंग्सले दीपक चाहरलाई १४ करोड भारुमा किन्न सफल भयो । 

सर्वाधिक महँगा खेलाडी