Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमल खत्री 
२०७५ पौष ६ शुक्रबार १२:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

बेनीमा विद्युत सर्ट हुँदा आगलागी, १३ लाख बराबरकाे क्षति

Read Time : < 1 मिनेट
कमल खत्री 
२०७५ पौष ६ शुक्रबार १२:३१:००

म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार बिहान भएको आगलागीमा करिब १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्युरोड स्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा  नगद दुई लाख ७० हजारसहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिए विद्युत सर्टं भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

बिहान ८ बजे तिर कोठाबाट धुवाँको मुस्लो निस्केको देखेपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताए । आगलागीमा तिन थान मोवाइल, गरगहनासमेत जलेको बताइएको छ । 

स्थानीय र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।