मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ २५ मंगलबार १२:२५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ : राष्ट्रपति पुटिन

Read Time : < 1 मिनेट
२०७८ माघ २५ मंगलबार १२:२५:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताएका छन्। यस मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो।

‘नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै  युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,’ पुटिनले रुसी–फ्रान्सेली वार्तापछि पत्रकार सम्मेलनमा भने।  ‘अवश्य पनि हामीले राष्ट्रपतिसँग सबै कुराबारे संवाद गर्‍याैँ, तपाईंले देख्न सक्नुहुन्छ धेरै लामो समयसम्म, लगभग ६ घन्टासम्म छलफल भएको थियो,’ पुटिनले थपे।

किभले डोनबासको अवस्थाको शान्तिपूर्ण समाधानका लागि सबै सम्भावनाहरूलाई बेवास्ता गरेको र मिन्स्क सम्झौताहरूको पालना गर्न अस्वीकार गरेकोमा म्याक्रोनको ध्यानाकर्षण गराएको पुटिनले टिप्पणी गरे। ‘निःसन्देह, मेरो पक्षको लागि, मैले मिन्स्क प्याकेजअन्तर्गतको उपाय र सम्झौताको नर्मन्डी ढाँचामा, शिखर सम्मेलनमा पुगेकाहरूसहितको दायित्वहरू पालना गर्न वर्तमान किभ अधिकारीहरूको अनिच्छाप्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छु,’ उनले भने।

‘हामी आशा गर्छौँ कि राष्ट्रपतिले कम्तीमा आज भनेजस्तै भोलि किभ नेतृत्वसँगको बैठकमा युक्रेनी समझौताभित्र युरोपमा सुरक्षा र स्थायित्व सुनिश्चित गर्ने ग्यारेन्टीका मुद्दाहरूमा छलफल गर्न चाहन्छन्,’ पुटिनले भने। मंगलबार म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट्न किभ जाने योजना बनाएका छन्। रासस/एएनआई