मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ २० बिहीबार २०:३०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विन्टर ओलम्पिक उद्घाटनमा भारत सहभागी नहुने

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ २० बिहीबार २०:३०:००

भारतले चीनद्वारा शुक्रबारदेखि आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा कूटनीतिक प्रतिनिधित्व नगर्ने भएको छ । चीनका लागि भारतीय कार्यबाहक राजदूतले ओलम्पिकको उद्घाटन र समापन दुवैमा सहभागी नहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो जानकारी दिएका छन् । अमेरिका, युरोपसहित पश्चिमा मुलुकले मानवअधिकारको विषय उठाउँदै विन्टर ओलम्पिक बहिष्कारको घोषणा गरेसँगै भारतले पनि सहभागिता नजनाउने निर्णय लिएको हो । चीनमा भारतका कार्यबाहक राजदूत एक्विनो विमल छन् । चीनका लागि नवनियुक्त राजदूत प्रदीप रावतले ओहोदाको प्रमाणपत्र बुझाउन बाँकी छ । 

ओलम्पिक टर्च लिएर चिनियाँ जनमुक्ति सेनाका कमान्डर छी फाबाओ सहभागी भएको विषयलाई लिएर दिल्ली असन्तुष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाका रेजिमेन्ट कमान्डर रहेका छी गलवान उपत्यमामा भारतीय सेनासँग भएको झडपमा सहभागी थिए । भारतीय सैनिकको मृत्युमा उनीलगायत चिनियाँ सैनिकको भूमिका रहेको भारतको आरोप छ । 

ओलम्पिकको उद्घाटनमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत सहभागी हुनेछन् । पाकिस्तानी प्रधानमन्त्री खान शुक्रबार बेइजिङ पुगेका छन् ।