मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १७ सोमबार २२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिजुलीको पोलमा कन्टेनर ठोकिँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ माघ १७ सोमबार २२:००:००

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर– १२ वसन्तचोकमा कन्टेनर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३ – ००१– ००५ ख ९९७० नम्बरको कन्टेनर अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको थियो । 

कन्टेनरचालक लालबन्दी नगरपालिका सर्लाहीका मेघराज खत्रीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कन्टेनर ठोकिँदा दुईवटा बिजुलीका पोल ढलेका छन् । यस क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।