मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १७ सोमबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युतको पोलमा कन्टेनर ठोकिँदा चालक घाइते

Read Time : < 1 मिनेट
२०७८ माघ १७ सोमबार १७:४७:००

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–१२ वसन्तचोकमा कन्टेनर अनियन्त्रित भई विद्युतको पोलमा ठोकिँदा चालक गम्भीर घाइते भएका छन्। भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

घाइते अन्दाजी २८ वर्षका चालकको परिचय खुलेको छैन। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। कन्टेनरको ठक्करबाट विद्युतको दुईवटा पोल ढलेको छ। प्रहरी र विद्युत् प्राधिकरणको टोलीले सडकको तार र बिजुलीको पोल हटाएसँगै राजमार्ग सुचारु भएको छ।