१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Friday, 27 September, 2024
अजित अधिकारी काठमाडौं
२o७८ माघ १७ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १३:३७:oo

नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबार साँझ ५ बजेसम्म १७ जनाले आवेदन दिएका हुन्।

मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन्। त्यस्तै, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएका छन्।

आवेदन दिएकामध्ये चित्तरञ्जन दास निगममै कार्यरत उपनिर्देशक हुन्। त्यस्तै, चण्डिकाप्रसाद भट्ट हाल विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशक हुन्। उनले ०७० मा एक कार्यकाल निगमको कार्यकारी निर्देशक भएर बिताइसकेका छन्। जानकार स्रोतका अनुसार यसपटक पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक डाक्टर लक्ष्मण पौडेल, कांग्रेस नेता उमेशप्रसाद थानी, शिक्षा क्षेत्रका उद्यमी आनन्दप्रसाद चन्दलगायतको बलियो दाबेदारी छ।

तीन वर्षअघि विज्ञापन हुँदा १८ जनाले आवेदन दिएका थिए। यसपटक भने १७ जनाको आवेदन परेको हो। निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले आवेदन दिने चर्चा भए पनि अन्तिम समयमा उनी पछाडि हटेका छन्।

उद्योग मन्त्रालयले २५ पुसमा कार्यकारी निर्देशकका लागि विज्ञापन गरेको थियो। मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, ०७८ अनुसार विज्ञापन गरेको थियो। विज्ञापनमा निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने सर्त राखिएको थियो।