१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १५ शनिबार १७:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

'बुस्टर डोज पहिले लगाएकै खोप हुनु नपर्ने'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १५ शनिबार १७:३७:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउनु नपर्ने जनाएको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले पहिलो र दोस्रो मात्रा जुन खोप लगाए पनि बुस्टर डोज कोभिसिल्ड वा एस्ट्राजेनिका लगाउन सकिने जनाएको हो।

यस्तै, पहिलो मात्रा लगाएकाहरूले सोही खोप नभएमा र विदेशमा पहिलो मात्रा अन्य खोप लगाएकाहरूलाई पनि कोभिसिल्ड वा एस्ट्राजेनिकामध्ये कुनै एक लगाइने निर्णय भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।