मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माघ अन्तिम साताबाट विद्यालय खुलाउन सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०९:२५:००

निजी विद्यालय सञ्चालकहरूले माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको छलफलमा प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् ।

मन्त्री पौडेलले बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका थिए ।

प्याब्सनले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका हुन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै २३ माघदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले विद्यार्थीलाई खोप दिने सरकारले भने पनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको गुनासो गरे । देशका सबै विद्यालय बन्द गर्नुको साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण बनाउन प्याब्सनले सुझाव दिएको छ ।