१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १४ शुक्रबार ०७:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यमनी युद्ध अन्त्यका लागि अमेरिकी पहलकदमी

Read Time : > 2 मिनेट
२०७८ माघ १४ शुक्रबार ०७:१२:००

आफूले सिर्जना गरेका सबै हिंसा रोक्न असमर्थ भए पनि अमेरिकाले साउदी युद्धक विमानहरूलाई यमनी जनतामाथि बम बर्साउन गरिएको सहयोग रोक्न सक्छ


यमनको राजधानी सनाअमा रहेको अमेरिकी दूतावासमा विद्रोहीको गत नोभेम्बरको अतिक्रमण र त्यहाँका यमनी कर्मचारीलाई बन्धक बनाएको घटनापछि त्यहाँ मच्चिरहेको युद्ध थप चर्किएको छ । यस युद्धलाई अमेरिकाले समर्थन गरेको छ र अमेरिका गम्भीर रूपमा संलग्न छ । तब अब भने अमेरिकाले यस युद्धबाट आफ्नो भागीदारी अन्त्य गर्ने समय आइसकेको छ ।

यमनको निर्वासित सरकार (यमन गणतन्त्र सरकार)का नाममा साउदी नेतृत्वमा यमनमा भइरहेको गृहयुद्धमा त्यहाँका विद्रोहीविरुद्ध छेडिएको युद्ध संसारकै सबैभन्दा ठूलो मानवीय विपत्ति निम्त्याउन मुख्य रूपमा जिम्मेवार रहेको छ । संयुक्त राष्ट्र संघीय मानवीय राहतका संयोजक मार्टिन ग्रिफिथले गत सेप्टेम्बरमा ‘मुलुकको अर्थतन्त्र विनाशको नयाँ रसातलमा झरेको छ र महामारीको तेस्रो लहरले गर्दा पहिलेदेखि नै धराशयी भएको स्वास्थ्य व्यवस्था थप तहसनहस हुने जोखिममा रहेको छ’ भन्ने बताएका थिए । जहाँ १०औँ लाख मानिस ‘भोकमरीबाट एक पाइला’ मात्रै टाढा रहेका छन् । 

पहिले ओबामा त्यसपछि ट्रम्प प्रशासनकालमा अमेरिका साउदी अरबको यो नृशंस युद्धको साझेदार बनेको थियो । सन् २०१९ मा अमेरिकी कंग्रेसका दुवै सदनले ‘वार पावर्स’को संकल्प प्रस्ताव पारित गरेको थियो जसले डोनाल्ड ट्रम्पलाई युद्धबाट हात झिक्न लगाएको थियो । यसले सन् १९७३ मा कंग्रेसले ल्याएको ‘वार पावर्स’को संकल्प प्रस्तावको झल्को दिएको थियो, जसले तत्कालीन राष्ट्रपतिलाई अघोषित युद्धबाट सेना फिर्ता ल्याउन निर्देशित गरेको थियो ।   

यो संकल्प प्रस्ताव पारित गराउँदा हामीले गौरवान्वित महसुस गरेका थियौँ । संकल्प प्रस्ताव यमनमा मात्रै सीमित थिएन, बरु यसले अमेरिकी सेनालाई कसरी र कहाँ प्रयोग गर्ने भन्ने विषयलाई पनि समेटेको थियो जुन कंग्रेसको प्रमुख संवैधानिक अख्तियारी हो । हामीले यही वर्षको सुरुवातमा बाइडेन प्रशासनले यमनमा साउदी अरबले छेडेको युद्धमा ‘आक्रामक’ सहयोगको अन्त्य गर्ने र द्वन्द्वलाई निकास दिन विशेष दूतको नियुक्ति गर्ने घोषणाको स्वागत गरेका थियौँ । तर, संकट रोकिएन ।

अमेरिकी रक्षा ठेकेदारहरूले युद्ध छेडिरहेका साउदी विमानहरूलाई सेवा जारी राखे । हुँदाहुँदा अमेरिकाले हालै साउदीसँग नयाँ हतियारसम्बन्धी नयाँ सम्झौताको घोषणा गरेको छ । साउदी अरबको अमानवीय युद्धमा अमेरिकी सैन्य समर्थनको अन्त्यले मात्रै यमनको बहुआयामिक द्वन्द्वको अन्त्य हुनेछैन भन्नेबारे पनि हामी सचेत छाँै । हुथी विद्रोहीहरू केन्द्रीय यमनी सहर मरिबमा खुनी धावा बोलिरहेका छन् र साउदी भूमिलक्षित हमला गरिरहेका छन् । यमनको दक्षिणी क्षेत्रमा विभिन्न विरोधी तप्काबीच पनि हिंसा मच्चिएको छ । संयुक्त राष्ट्र संघका एक विशेषज्ञ समूहले यमनमा भइरहेको द्वन्द्वका सबै पक्षले युद्ध अपराध गरेको हुन सक्ने बताएको छ ।         

नाकाबन्दी तुरुन्तै हटाइनुपर्छ र नाकाबन्दीलाई अन्तिम शान्ति–सम्झौताका वार्ताबाट पनि अलग्याइनुपर्छ । आफूले सिर्जना गरेका सबै हिंसा रोक्न असमर्थ भए पनि अमेरिकाले साउदी युद्धक विमानहरूलाई यमनी जनतामाथि बम बर्साउन गरिएको सहयोग रोक्न सक्छ । यसो गर्नाले हामी साउदी बमवर्षाबाट यमनी जनतालाई बचाउने मात्रै छैनौँसाउदी अरबलाई यमनमाथि लगाइएको नाकाबन्दी खुलाउन दबाब पनि दिन सक्छौँ । याद रहोस्, यो नाकाबन्दीले इन्धनलगायत अन्य अत्यावश्यक वस्तुको निर्यातमा रोक लगाएर दशौँ लाख मानिसलाई भोकमरीको गर्तमा धकेल्ने काम गरिरहेको छ । तसर्थ, तुरुन्तै नाकाबन्दी हटाउनुपर्छ र यसलाई अन्तिम शान्ति वार्ताबाट अलग राख्नुपर्छ ।

साउदीको सबै युद्धसम्बन्धी प्रयास रोक्नका लागि हामीले राष्ट्रिय रक्षा अख्तियारी ऐनको (नेसनल डिफेन्स अथोराइजेसन एक्ट) संशोधन प्रस्ताव राखेका छौँ । अमेरिकी कंग्रेसको तल्लो विधायिका सदनले यो संशोधन प्रस्तावलाई लगातार तीन वर्षदेखि पारित गर्दै आएको छ । यो संशोधनले कांग्रेसका दुवै सदनले सन् २०१९ मा साउदी युद्धलाई समर्थन निषेध गर्नेगरी पारित गरिएको प्रस्तावलाई नै बलियो बनाएको छ र राष्ट्रपति कार्यालयमा पठाइने अन्तिम रक्षानीति विधेयकमा यो प्रावधान समावेश गर्न लामो समय लाग्नेछ ।

तथापि, यमनमा शान्तिको मध्यस्थका रूपमा अमेरिकाले विश्वसनीयता पुनस्र्थापित गर्न यो संशोधन पारित गर्नु आवश्यक छ । तर, यतिमात्रैले पुग्दैन । अमेरिकाले साउदी–यमनी सीमाको पर्यवेक्षण गर्न आउने अन्तर्राष्ट्रिय पर्यवेक्षक मिसनलाई साथ दिनुपर्छ र यमनको पुनर्निर्माण गर्न विकास प्रयासको नेतृत्व पनि लिनुपर्छ । यस्तो सहयोग स्थानीय मानवीय एवं विकासका पहलकदमी गरिरहेको ‘यमन्स सोसिअल फन्ड फर डेभलपमेन्ट’जस्ता विकास संस्थाहरूलाई बलियो बनाउनमा केन्द्रित हुनुपर्छ ।

हामीले साउदी अरेबिया, रियादमा रहेको यमन गणतन्त्र सरकार र हुथी विद्रोहीलाई विदेशी सैन्य हस्तक्षेप अन्त्य गर्न र यमनीलाई सम्झौतामा ल्याउने संयुक्त राष्ट्र संघको रोडम्याप स्वीकार गर्न दबाब दिनका लागि हाम्रो कूटनीतिक संलग्नता बढाउनुपर्छ । युद्ध मच्चिएको धेरै समय भइसकेको छ, अब हामीले शान्तिका लागि साहसी कदम चाल्नुको विकल्प छैन । द गार्जियनबाट